न्यूरोडको ‘न्यू लुक्स’ (तस्बिरहरु)
पाेखरा | असार २५, २०८०
पोखरा: पोखराको न्यूरोडको मुहार फेरिएको छ ।
सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोपेपछि मुहार फेरिएको हो ।
भिडियाे:
आज (सोमबार) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गरे ।
वृक्षारोपण पश्चात बोल्दै मेयर आचार्यले स्मार्ट सडक बत्तीसहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण इक्सोरा प्रजातिको बिरुवा लगाइएको धारणा राखे । उनका अनुसार डिभाइडर भरी करिब ८ सय बिरुवा लगाइने छ ।

बिरुवाको संरक्षणका लागि स्थानीयहरूसमेत जिम्मा दिएको बताए ।
‘विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन, प्रमुख आचार्यले भने, ‘बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ । अब कसैलाई छुट दिइने छैन त्यसकारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सबैमा अनुरोध छ ।’
उनले परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको बताउदै राम्रो रिजल्ट आएको खण्डमा अन्य स्थानमा पनि लगाइने बताए ।
पोखरामा उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
पोखराका अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ ।
थप तस्बिरहरु:














पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल ...
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा...
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...

